यातायात व्यवस्था कास्कीले भन्यो, ‘दैनिक ४० देखि ५० वटा इम्बाेस्ड नम्बर जडान हुन्छ’

कसरी भर्ने फारम ?

पाेखरा | जेठ २४, २०७९

यातायात व्यवस्था कास्कीले भन्यो, ‘दैनिक ४० देखि ५० वटा इम्बाेस्ड नम्बर जडान हुन्छ’

पोखरा:   सरकारले जारी गरेको निर्देशनात्मक आदेशलाई पालना गर्दै यातायात व्यवस्था कार्यालय कास्कीले इम्बोस्ड नम्बर जडान गरिरहेको छ ।  तर सोमबार एक सुचना जारी गर्दै दैनिक ४० देखि ५० वटा मात्रै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सक्ने स्पष्ट पारेको छ । 

 

जारी सुचनामा भनिएको छ, ‘यस कार्यायलमा मिति २०७८ फागुन २२ गते देखि सवारी साधनमा इम्बोस्ड नम्बर जडान कार्य सुचारु भएकोमा हाल इम्बोस्ड नम्बर जडान गराउन सेवाग्राहीको अत्याधिक चाप बढेको तर कार्यालयमा यातायात व्यवस्था विभागबाट जडान भएको बायोम्याट्रिक सर्भर र अन्य उपकरण तथा जनशक्तिको क्षमता अनुसार दिनमा ४० देखि ५० जना भन्दा बढिको बायोम्याट्रिक र डकुमेन्ट स्क्यान गर्न नसकिने तथा कार्यालय परिसरमा सवारी साधन पार्किङको पनि समस्या रहेकोले सेवाग्राहीलार्य सेवा दिन सक्ने गरि पूर्वाधार र जनशक्तिको व्यस्थापन थप नभएसम्मका लािग हाल यस कार्यालयमा नया तथा सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर जडान गर्ने कार्य सुचारु रहने व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ ।’

यातायात व्यवस्था कार्यालय कास्कीका अनुसार तत्काल पुरानो दर्ता भएका सवारी साधनलाई नआत्तिन समेत आग्रह गरेको छ । पहिलो चरणमा दैनिक ४० देखि ५० वता नया तथा सरुवा दर्ता भएका सवारी साधनलाई इम्बोस्ड नम्बर जडान गरिने बताइएको छ ।

 

कसरी भर्ने फारम ?

सबैभन्दा पहिला यातायात व्यवस्था विभागको साइडमा गएर इम्बोस्ड नम्बर प्लेट प्रणालीमा जानुपर्छ ।

 

त्यहाँ गएपछि आफ्नो सवारीको नम्बरदेखि सम्पूर्ण विवरण भर्नुपर्ने हुन्छ । जसमा सवारी साधन दर्ता नम्बर र दर्ता मिति भर्नुपर्ने हुन्छ । त्यति भेरपछि अर्को पृष्ठमा मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ ।
मोबाइल नम्बर इन्ट्रि गरेपछि मोबाइलमा एउटा भेरिफिकेसन कोड आउछ जुन कोड हालेर तपाई अर्को पृष्ठमा जानुपर्छ ।

 

त्यसपछि आफ्नो इमेलमा भेरिफाइ गराएर अर्को पृष्ठमा सवारीसाधनको दर्ता मितिदेखि आफ्नो सवारीको ब्लुबुकबाट सवारी साधनको प्रकार, इन्जिन नम्बर, चेसिस नम्बर लगायत सम्पूर्ण विवरण भर्नुपर्छ ।

 

सबै भरिसकेपछि अर्को पृष्ठमा भएर सवारी धनीको दुई विकल्प मध्ये एक रोज्नुपर्ने हुन्छ । जसमा व्यक्तिगत हो अथवा संगठनको हो छनोट गर्नुपर्ने हुन्छ । यदि तपाईको सवारीसाधन कुनै वित्तीय संस्थाको सहयोगमा खरिद गर्नु भएको हो भने त्यहाँ उल्लेख गर्नुपर्छ ।

 

यति गरिसकेपछि अर्को पृष्ठमा गएर आफुले भरेको सबै सूचना चेक गरेर सबमिट गर्नुपर्छ ।

 

यति गरिसकेपछि अर्को पृष्ठमा गएर आफुले भरेको सबै सूचना चेक गरेर सबमिट गर्नुपर्छ । फारममा सम्पूर्ण विवरण भरेपछि त्यसको प्रिन्ट निकालेर तोकिएको यातायात कार्यालयमा गई भेरिफिकेसन गर्नुपर्छ । 

 

राजस्व बुझाउन जाँदा सवारीको कर चुक्ता सम्बन्धि अद्यावधिक कागजात, नम्बर प्लेट वापतको शुल्क जम्मा गरेको बैंक भौचरको सक्कल प्रति र अनलाइन आवेदन प्रणालीमा उल्लेख गरिएका आवश्यक कागजातसहित अनलाइन आवेदनको प्रिन्ट यातायात कार्यालयमा प्रमाणीकरणका लागि बुझाउनुपर्ने हुन्छ ।

 

कति लाग्छ शुल्क ?

इम्बोस्ड नम्बर प्लेट जडान गर्न दुईपाग्रे, तीन पाग्रे, चार पाग्रे र ठूला सवारीको रुपमा वर्गिकरण गरेको छ ।

 

सरकारले निर्धारण गरेअनुसार इम्बोस्ड प्लेट जोड्न दुई पाग्रेको हकमा २५ सय रुपैयाँ तोकेको छ ।

त्यसैगरी, टेम्पोलगायत तीनपांग्रे साना सवारीमा यो प्लेट जोड्न दुई हजार ९०० रुपैयाँ र कार, जीप, भ्यान र ट्रयाक्टरलगायत चार पांग्रेलाई ३२ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । तर, चार पाग्रे ठूला सवारीको हकमा इम्बोस्ड प्लेट राख्न ३६ सय रुपैयाँ शुल्क लाग्नेछ । 

तर नागरिकले भने शुल्क महङ्गो र इम्बोस्ड नम्बर जडान गर्दा झनझट् व्यहोर्न परेको बताउँदै आएका छन् ।


 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्